ठूला नेताको इगो हर्ट भएका कारण दलित समुदायको सरकारमा सहभागिता हुन सकेन: परियार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ठूला नेताको इगो हर्ट भएका कारण दलित समुदायको सरकारमा सहभागिता हुन सकेन: परियार

    खबरपुञ्ज संवाददाता

    ६ श्रावण २०८१, सोमबार

    काठमाडौ । राष्ट्रिय सभाको श्रावण ७ गतेको बैठकमा सांसद पदम बहादुर परीयारले अहिलेको सरकारमा दलित समुदायको प्रतिनिधित्व नहुनु गैर संबैधानिक भएको बताएका छन ।

    बैठकको विशेष समयमा बोल्दै सांसद परियारले हालको सरकार तथा यस भन्दा अगाडिका सरकारले पनि दलित समुदायको यथोचित प्रतिनिधित्व नगराएर ६० लाख भन्दा बढि दलित समुदायलाइ दुखी बनाएको बताएका छन । उनले भने,’त्यतिमात्र होइन, दलितको प्रतिनिधित्व नगराएर सरकारले लोकलाजको पनि वेवास्ता गरेको छ ।’

    संवैधानिक व्यवश्था हुँदा पनि दलहरुले ६० लाख दलितहरुलाइ निराश पार्ने काम गरेको सांसद परियारले बताए । उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीले संसदमा हिजो भन्नु भो की हामी नेपाली जनतामा भएको निराशालाइ हटाएर एउटा नयाँ आशा जगाउनेछौ । हो म पनि आशाबादी छु तर मलाइ विहान मात्र मेरा एक जना पाटीका मित्रले फोन गरेर भन्न भो की माननिय ज्यु तपाइ र हालका सांसदहरु त यो देशको नेतृत्व गर्न काविल ठानीएन भने, हामी त के आशाले अब पाटीमा सक्रिय हुने, के यसरी नयाँ आशा जगाउन सकिएला ।’