दमाैली । तनहुँको व्यास नगरपालिका–४ स्थित बजाज शोरुम अगाडी साेमबार बिहान अर्धचेत अवस्थामा भेटिएका युवाको मृत्यु भएको छ । बिहान २ बजे अर्धचेत अवस्थामा भेटिएका ती युवाको दमौली अस्पतालमा दिउँसो मृत्यु भएको हो ।
नामथर वतन नखुलेका करिब ३०÷३५ वर्षीय युवा अर्धचेत अवस्थामा भेटिएकामा उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए। उनले भने, “मृतकको नामथर वतन नखुलेको र आफन्तको खोजी कार्य भइरहेको छ ।”
गहुँगोरो वर्ण, घाँटीमा बिच्छीको टाटु हानेको, कानमा टप लगाएका ती युवाको पहिचानका लागि प्रयास भइरहेको उनकाे भनाइ छ ।