व्यास नगरपालिकामा विभिन्न समितिमा संयोजक चयन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरपालिकामा विभिन्न समितिमा संयोजक चयन

    खबरपुञ्ज संवाददाता

    ७ श्रावण २०८१, मंगलवार

    दमाैली । तनहुँको व्यास नगरपालिकाले विभिन्न समितिमा संयोजक चयन गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सोमबार बसेको कार्यपालिका बैठकले पूर्वाधार विकास समितिको संयोजकमा वडा नम्बर ९ का अध्यक्ष सुरेश थापालाई चयन गरेको छ ।

    त्यस्तै नगर खेलकुद समिति संयोजकमा वडा नम्बर ६ का अध्यक्ष जीवन गुरुङ, आर्थिक विकास समिति संयोजकमा वडा नम्बर १० का अध्यक्ष खेमराज पोख्रेल, सार्वजनिक सेवा तथा सुशासन समिति संयोजकमा वडा नम्बर ११ का अध्यक्ष दलबहादुर दुरा, विधायन समिति संयोजकमा वडा नम्बर १ का अध्यक्ष रमेशचन्द्र हड्खले, सरसफाइ जग्गा व्यवस्थापन समिति संयोजक वडा नम्बर १३ का अध्यक्ष बसन्त आले, लेखा समिति संयोजकमा वडा नम्बर ५ का अध्यक्ष विष्णुकुमार श्रेष्ठ, सामाजिक विकास समिति संयोजकमा कार्यपालिका सदस्य चन्द्रमाया परियार, वन तथा वातावरण समिति संयोजकमा रनसिं नेपाली तोकिएका छन् ।