दमौलीका उद्योग, होटल तथा मासु पसल अनुगमन, सरसफाई तथा स्वच्छता कायम गर्न निर्देशन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीका उद्योग, होटल तथा मासु पसल अनुगमन, सरसफाई तथा स्वच्छता कायम गर्न निर्देशन

    खबरपुञ्ज संवाददाता

    ७ श्रावण २०८१, मंगलवार

    दमौली। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले मंगलबार व्यास-२ स्थित उत्तरशीला टोलमा रहेका पसलको अनुगमन गरेको छ । कार्यालय प्रमुख ज्योति आचार्यको नेतृत्वमा खाद्य उद्योग, बजार, होटल तथा मासु पसल अनुगमन गरिएको हो ।

    त्यसक्रममा व्यवसायीहरुलाई सरसफाई तथा स्वच्छता कायम गर्न निर्देशन दिइएको आचार्यले जानकारी दिए । त्यस्तै होटल संचालकलाई तारेका माछा मासुमा सिन्टेटिक रंग प्रयोग नगर्न र मसियुक्त कागज, पत्रपत्रिकामा राखेर त्यस्ता खानेकुरा नबेच्न सचेत गराइएको उनको भनाई छ ।