मुख्यमन्त्री बन्न नपाएपछि एमाले लुम्बिनी संसदीय दलका नेता गिरीद्वारा राजिनामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मुख्यमन्त्री बन्न नपाएपछि एमाले लुम्बिनी संसदीय दलका नेता गिरीद्वारा राजिनामा

    खबरपुञ्ज संवाददाता

    ८ श्रावण २०८१, बुधबार

    बुटवल । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लिला गिरीले दल नेताबाट राजीनामा दिएका छन् । गिरीले मंगलबार नै राजीनामा दिने तयारी गरेपनि मुख्यमन्त्रीले सपथ लिएपछि घोषणा गर्ने भनी रोकिएका थिए ।

    आफूले राजीनामा दिएको पत्र गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाएको बताए । आफूले अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा पत्र पठाइसकेको गिरीले जानकारी दिए । ‘मैले राजीनामा पठाइसकेको छु, अध्यक्षले स्वीकृत गर्नुभएको छैन, अरु केही भन्नुभएको पनि छैन’, उनले भने ।

    मुख्यमन्त्री नियुक्तिका सन्दर्भमा संसदीय विधि, पद्दति भन्दा बाहिर गएर निर्णय भएको भन्दै गिरीले राजीनामा दिएको बताए । मुख्यमन्त्री नियुक्तिबारे पार्टीको कुनै कमिटी बैठकबाट निर्णय नभएकाले राजीनामा दिएको उनी निकट एक प्रदेश सांसदले बताए । ‘उहाँ त धेरै सहनशील नेता हो, तर यसपटक छापारमार शैलीमा घात नै भएपछि सहन सक्ने कुरा भएन, धेरै नेता कार्यकर्ताको पनि दबाब आएपछि राजीनामा दिनुभएको हो’, ती सांसदले भने ।