प्राविधिक टोली लिएर पोखरा जान लागेको थियो सौर्यको जहाज, क्याप्टेनको सकुशल उद्धार  
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्राविधिक टोली लिएर पोखरा जान लागेको थियो सौर्यको जहाज, क्याप्टेनको सकुशल उद्धार  

    खबरपुञ्ज संवाददाता

    ८ श्रावण २०८१, बुधबार

    काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनामा परेको छ । सौर्य एयरको जहाज प्राविधिकसहितको टोली लिएर पोखरा जान लागेको बेला दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख दीपक थापाका अनुसार जहाज भर्खरै दुर्घटनामा परेको हो । अहिले दुर्घटनामा परेको जहाजको उद्धार कार्य सुरु भइसकेको उनले जानकारी दिए ।

    विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाले दिएको जानकारीअनुसार सौर्य एयरको जहाज दुर्घटनामा परेको जानकारी आएको बताए ।कलसाइन अल्फा एमई रहेको जहाज दुर्घटनामा परेको जनाइएको छ । जहाज उड्न लागेका बेला सन्तुलन बिग्रिएर दुर्घटनामा परेको बताइएको छ । सौर्य एयरका एक उच्च अधिकारीले दिएको जानकारीअनुसार जहाजमा चालक दलका सदस्य र प्राविधिक रहेका थिए ।