दोलखा भीमसेनको शिलामा फेरि आयो ‘पसिना’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    दोलखा भीमसेनको शिलामा फेरि आयो ‘पसिना’

    खबरपुञ्ज संवाददाता

    ८ श्रावण २०८१, बुधबार

    काठमाडाै । प्रसिद्ध भीमेश्वरको शिलामा बुधबार मध्याह्नदेखि पुन पसिना आएको छ। बुधबार दिउँसो १२: ४५ देखि शिलाको दायाँ भागबाट निरन्तर पसिना बगिरहेको हो।

    दिउँसो १२: ४५ मा पुजारी काशीनारायण श्रेष्ठले शिला एक्कासि कालो र चम्किलो भए सँगै तप तप पसिना बग्न थालेको देखेपछि गुठियार र पूजा व्यवस्थापन समितिका पदाधिकारीलाई खबर गरेका थिए। सिलामा पसिना आउनु अनिष्टको सूचकका रुपमा मानिन्छ।