सौर्यको जहाज दुर्घटनामा बाबुआमा र नाबालकले गुमाए ज्यान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सौर्यको जहाज दुर्घटनामा बाबुआमा र नाबालकले गुमाए ज्यान

    खबरपुञ्ज संवाददाता

    ८ श्रावण २०८१, बुधबार

    काठमाडाै । मर्मतका लागि भन्दै काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका तीनजनाले ज्यान गुमाएका छन् ।

    ज्यान गुमाउनेमा बाबुआमासहित नाबालक छोरा पनि रहेका छन् । यो दु्र्घटनामा सौर्य एयरलाइन्समा प्राविधिक मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्माले ज्यान गुमाएका हुन् ।

    प्रिजा ऊर्जा मन्त्रालयमा कम्प्युटर अपरेटर थिइन् । उनी नेकपा एकीकृत समाजवादीको प्रचार विभाग सचिव एवम् पत्रकार महासंघ सप्तरीका पूर्वअध्यक्ष प्रकाश खतिवडाकी छोरी हुन् ।

    मनुराजले जहाज मर्मतका लागि पोखरा उड्ने भएपछि श्रीमती प्रिजालाई कार्यालयबाट बोलाएका थिए । त्यसैगरी विद्यालय गएका छोरालाई पनि ल्याएर उनले सँगै पोखरा लाँदै थिए ।