सौर्यको जहाज दुर्घटनामा मृत्यु भएकाको पोष्टमार्टम जारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सौर्यको जहाज दुर्घटनामा मृत्यु भएकाको पोष्टमार्टम जारी

    खबरपुञ्ज संवाददाता

    ९ श्रावण २०८१, बिहीबार

    काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका १८ जनाको शवको पोष्टमार्टम जारी छ । सबैको पोष्टमार्टम गरीसकेर परिवार र आफन्तलाई शव जिम्मा लगाइने पोष्टमार्टममा संलग्न चिकित्सकले बताएका छन् ।

    त्रिवि शिक्षण अस्पतालमा बुधबारदेखि नै पोष्टमार्टम जारी छ । तर त्यहाँको जनशक्तिले मात्रै नभ्याउने भएकाले पाटन स्वास्थ्य विज्ञान र भक्तपुर अस्पतालका चिकित्सकहरुलाई समेत झिकाइएको छ ।

    त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार एउटा शव पोष्टमार्टम गर्न कम्तिमा चार घण्टा लाग्छ । त्यसैले सबै १८ वटा शव पोष्टमार्टम गरिसकेर आफन्तलाई भोलि शुक्रबारसम्म बुझाउन सकिने उनले बताए । त्यतिन्जेल शवलाई फ्रिजमा सुरक्षित राखिने उनले बताए ।