अन्तराष्ट्रिय सेमिनारमा सहभागी हुन व्यासका मेयर न्याैपाने काेरिया जाने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अन्तराष्ट्रिय सेमिनारमा सहभागी हुन व्यासका मेयर न्याैपाने काेरिया जाने

    खबरपुञ्ज संवाददाता

    ९ श्रावण २०८१, बिहीबार

    दमाैली । व्यास नगरपालकिाका प्रमुख वैकुण्ठ न्याैपाने अन्तराष्ट्रिय स्तरकाे सेमिनारमा सहभागी हुन दक्षिण काेरिया जाने भएका छन् ।

    जुलाई ३० देखि अगष्ट २ सम्म काेरियाकाे जेजु सीमा आयाेजना हुने कार्यशालामा सहभागी हुन न्याैपाने दक्षिण काेरिया जान लागेका हुन् ।

    युनाइटेड नेसन्स इन्स्टिच्युट फर ट्रेनिङ एण्ड रिसर्चकाे संयुक्त आयोजनामा त्यहाँ सञ्चालन हुने सांस्कृतिक पर्यटन मार्फत् स्थानीय समुदायकाे जीवन्तकरण कार्यशालामा न्याैपाने सहभागी हुने उनकाे सचिवालयले जानकारी दिएकाे छ ।