प्रहरी भएकाे भन्दै रकम माग्ने पाेखराका क्षेत्री पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    प्रहरी भएकाे भन्दै रकम माग्ने पाेखराका क्षेत्री पक्राउ

    खबरपुञ्ज संवाददाता

    ९ श्रावण २०८१, बिहीबार

    पाेखरा । प्रहरी हुँ भनी धम्की दिई रकम माग गरेको अभियोगमा पोखरा महानगरपालिका-१६ बाटुलेचौर बस्ने २१ वर्षीय सुजित क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

    क्षेत्रीले सामाजिक संजाल मार्फत सम्पर्क गरी विभिन्न व्यक्तिहरुलाई “म जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी हुँ, तपाईहरुको केही काम छ भने भन्नुहोस गरिदिन्छु” भनी रकम माग गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई लामाचौर कास्कीबाट पक्राउ गरेको हो । 

    उनी उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ