पत्रकार किशोर श्रेष्ठलाई धम्की दिने युवक ५ दिन हिरासतमा रहने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पत्रकार किशोर श्रेष्ठलाई धम्की दिने युवक ५ दिन हिरासतमा रहने

    खबरपुञ्ज संवाददाता

    ९ श्रावण २०८१, बिहीबार

    काठमाडौं। जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई धम्की दिएको आरोपमा पक्राउ परेका कपिल सीविरुद्ध अभद्र व्यवहारको कसुरमा म्याद थप भएको छ ।

    नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठन अखिल समाजवादीका सचिव कपिल सी छन् ।

    उनलाई बुधबार पक्राउ गरेर अभद्र व्यवहारको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले जानकारी दिए ।

    उनलाई परिसरको टोलीले बुधबार बिजुलीबजारबाट पक्राउ गरेको थियो । उनीविरुद्ध ५ दिनको म्याद थप भएको छ ।

    सीले पत्रकार श्रेष्ठलाई फोनमार्फत धम्की दिएका थिए । गालीगलौज गर्दै भौतिक आक्रमणसम्मको धम्की दिएपछि श्रेष्ठले प्रहरीलाई जानकारी गराएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    जनआस्थामै काम गर्ने एक महिला पत्रकारको चरित्र हत्या गरेको आरोप लगाउँदै फोनमार्फत सीले धम्की दिएका थिए ।