दमौलीमा ११ दिनदेखि फोहर नउठ्दा दुर्गन्धित, अभियान्ता गफ्फारले गरिदिए व्यवस्थित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    दमौलीमा ११ दिनदेखि फोहर नउठ्दा दुर्गन्धित, अभियान्ता गफ्फारले गरिदिए व्यवस्थित

    खबरपुञ्ज संवाददाता

    १० श्रावण २०८१, शुक्रबार

    दमौली । व्यास नगरपालिकाले दमौली बजारमा ११ दिनदेखि फोहर नउठाउँदा बजार दुर्गन्धित हुन थालेको छ । नकुहिने फोहर फाल्ने ठाउँ अभाव भएपछि दमौली बजार क्षेत्रमा साउन १ देखि फोहर उठेको छैन । जसकारण चोक-चोकमा फोहरको डङ्गुर हुन थालेको छ ।

    फोहरको डङ्गुर यत्रतत्र छरिएपछि युवा अभियान्ता सुदीप गफ्फारले त्यसलाई व्यवस्थित गरिदिएका छन् । शुक्रबार बिहानै उनले विभिन्न ठाउँ पुगेर छरिएका फोहरलाई कालो प्लाष्टिकमा बेरेर व्यवस्थित बनाइदिएका हुन् ।

    यसअगाडी केही महिना पहिला समेत फोहर नउठेपछि गफ्फारले यही विधि अपनाएका थिए । नगरपालिकाले फोहरको स्थायी समाधानको उपाय निकाल्न गफ्फारले आग्रह गरेका छन् ।