कीर्तिपुर नगरप्रमुख नकर्मीको निधन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कीर्तिपुर नगरप्रमुख नकर्मीको निधन

    खबरपुञ्ज संवाददाता

    १० श्रावण २०८१, शुक्रबार

    काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ ।

    लामो समयदेखि मिर्गौला रोगबाट पीडित नकर्मीको बिहिबार राति पौने  ९  बजे वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । अन्तिम श्रद्धाञ्जलीकालागि स्वर्गिय नकर्मीको शवलाई बिहान ९ बजेदेखि ११ बजेसम्म नगरपालिकामा राखिने भएको छ ।

    नकर्मीको निधनमा आज नगरपालिकामा शोक बिदा दिइएको नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यले जानकारी दिइन ।