


दमाैली । तनहुँको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बिहीबार आदिकवि भानुभक्त क्याम्पसमा कानून विषय अध्ययनरत विद्यार्थीसँग छलफल एवं अन्तरक्रिया गरेका छन् ।
क्याम्पसका कक्षा १२ मा कानून विषय अध्ययनरत विद्यार्थीसँग न्याैपानेले आफ्नै कार्यकक्षमा छलफल एवं अन्तरक्रिया गरेका हुन्। त्यस क्रममा उनले नगरपालिकाले निर्माण गर्ने ऐन, नियम, कानूनका बारेमा विद्यार्थीलाई जानकारी गराएका थिए ।


