यात्रुले होहल्ला गरेपछि धावनमार्गबाट फर्कियो श्री एयरलाइन्सको विमान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    यात्रुले होहल्ला गरेपछि धावनमार्गबाट फर्कियो श्री एयरलाइन्सको विमान

    खबरपुञ्ज संवाददाता

    २४ श्रावण २०८१, शुक्रबार

    काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ । धावनमार्गबाट उड्नैलाग्दा विमान फर्काएर पार्किङमा ल्याइएको हो ।

     शुक्रबार बिहान ७:३० बजे सुर्खेत उडान तालिका रहेको विमान धावनमार्गमा पुगेर फर्किएको हो ।

    श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले भने विमानका केही यात्रुबीच विवाद भएपछि विमान फर्काएर अहिले सुर्खेत उडानको तयारीमा रहेको बताए । ‘प्राविधिक समस्याका कारण होइन, दुई–चारजना यात्रीबीचको विवादले होहल्ला भएपछि पाइलटले विमान फर्काएका हुन्,’ उनले भने, ‘नागरिक उड्डयनको मापदण्डअनुरूप यात्रीबीच विवाद भएपछि अर्को प्रक्रिया पुर्‍याएर यात्रीलाई गन्तव्यमा लैजानुपर्ने हुन्छ ।’ फाइल फोटो