दमौली । अखिल क्रान्तिकारी देवघाट गाउँ कमिटीको अध्यक्षमा सञ्जोक भुजेल चयन भएका छन् । शुक्रबार सम्पन्न दोस्रो सम्मेलनले भुजेलको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको हो ।
कार्यक्रममा अखिल क्रान्तिकारी गण्डकी प्रदेश अध्यक्ष एवं केन्द्रीय उपमहासचिब सुदिन पौडेलले राज्यले स्वास्थ्य, शिक्षा, रोजगारीको ग्यारेण्टी गर्नुपर्ने बताए ।
उनले भने, ‘अबको हाम्रो प्रमुख दायित्व देशमा सुशासन कायम गराउने , संविधानमा लेखिएका स्वास्थ्य, शिक्षा, रोजगारीको ग्यारेण्टी जस्ता कुराहरुलाई कार्यनयन गराउन लाग्ने हो ।’
पौडेलले प्रचण्ड सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानले पार्टीमा आम जनताको आकर्षण बढेको बताए ।
अखिल( क्रान्तिकारी) ले यतिबेला आन्तरिक संगठनलाई व्यवस्थित र सुदृढीकरण गर्दैछ । तनहुँको जिल्ला सम्मेलन भदौ ६ गते दमौलीमा हुँदैछ । यस्तै प्रदेश सम्मेलन भदौ १६/१७ गते पोखरामा र केन्द्रीय सम्मेलन असोज २-५ गते सम्म चितवनमा हुँदैछ ।