हसिनाका छोराले भने- मेरी आमाले राजीनामा दिनुभएको छैन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    हसिनाका छोराले भने- मेरी आमाले राजीनामा दिनुभएको छैन

    खबरपुञ्ज संवाददाता

    २५ श्रावण २०८१, शनिबार

    काठमाडौ । शेख हसिनाका छोरा साजिव वाजेदले आफ्नी आमा शेख हसिनाले आधिकारिक रूपमा प्रधानमन्त्रीबाट राजीनामा नदिएको बताएका छन्।अमेरिकामा रहेका वाजेदले समाचार संस्था रोयटर्ससँगको कुराकानीमा आफ्नी आमाले प्रधानमन्त्रीबाट राजीनामा नदिएको बताएका हुन्।

    ‘मेरी आमाले राजीनामा आधिकारिक रूपमा राजीनामा दिनुभएको छैन। त्यसका लागि उहाँले समय नै पाउनुभएन। उहाँले वक्तव्य जारी गरेर राजीनामा दिने योजना बनाउनुभएको थियो। तर आन्दोलनकारीहरूले प्रधानमन्त्री निवास घेरेर र्‍याली गर्न थाले। उहाँलाई आफ्नो सामान प्याकिङको समेत समय भएन,’ उनले भने।वाजेदले संविधान अनुसार हसिना नै बंगलादेशको प्रधानमन्त्री रहेको समेत दाबी गरे।

    अन्तरिम सरकारले तीन महिनाभित्र चुनाव गराउनुपर्ने र उक्त चुनावमा हसिना नेतृत्वको अवामी लिगले पनि भाग लिने वाजेदले बताएका छन्।