दमाैली । मौलिक कला संस्कृति मार्फत प्रतिभा ज्ञान र समाजको वास्तविकता उजागर गर्ने उद्देश्य सहित भिमाद एफएम १००.९ मेगाहर्जले हरितालिका तीजको अवसरमा सेन्ट्रल कलेज खुल्ला तीज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ ।
पछिल्लो समय नेपाली नारीहरुको महान चाड हरितालिका तीजमा पश्चिमेली संस्कृति भित्रिएको साथै भड्किलो शैलीको विकास भएकाले संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने उद्धेश्य सहित प्रतियोगिताको आयोजना गरिएको भिमाद एफ.एमका अध्यक्ष मिलन आलेले जानकारी दिए।
भदाै २१ गते हरितालिका तीजको दिन भिमाद रङ्गशालामा खुल्ला तीज गीत प्रतियोगिताको आयोजना गरेको एफ.एमकी कोषाध्यक्ष एवं कार्यक्रम संयोजक सुजन रानाले बताइन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समुहले क्रमश ३० हजार एक सय, रु २० हजार एक सय, रु दश हजार एक सय र रु पाँच हजार एक सय प्रदान गरिनेछ ।
प्रतियोगिताको मुख्य प्रायोजकको सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रा. लि रहेको एफएम स्टेशन म्यानेजर अमृत परियारले बताए ।