कविता : अपवाद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    कविता : अपवाद

    आकाश अधिकारी

    ६ भाद्र २०८१, शुक्रबार

    साच्चिकै!
    कुहिरो

    बादल
    कपास् भैदिएको भए
    हिउँदका चिसा रातमा
    मस्त!
    ओढेर निदाउन हुन्थ्यो।
    …××……××…
    साच्चिकै!
    आकाशको बादल
    सुतिको च्यादर
    अनि
    बर्को भैदिएको भए!
    विकिरणबाट जोगाउन
    यो देहलाई
    दौरा सुलवार सिलाएर
    लगाउन हुन्थ्यो!
    वर्षादमा छाता सम्झेर
    ओतिनु हुन्थ्यो!
    …××……××…
    साच्चिकै!
    पुर्णिामाको
    टहटह उज्यालो जून
    धर्तीमा खस्यो भन्यो!
    मन भित्रको अन्धकार हट्ने थियो।
    सायद!
    मान्छेको अहंकार
    घट्ने थियो कि?
    …××……××…
    अपवाद!
    कल्पना गरौं त?
    क्षितिजको उदाउँदै गरेको घाम्!
    उकालो लाग्न छाडेर
    ओरालो लाग्यो भने!
    आकाशको परिधि साँगुरो भएर
    क्षितिजमा अन्धकार छायो भने!
    बिचार अनि दर्शन स्खलित भएर
    आस्थाका धरोहर ढल्यो भने!
    बास्तबमा के हुन्थ्यो होला?
    तपाई भनिदिनुस् महोदय!
    सपनाहरू
    कसरी उम्रन्थे
    अनि
    कसरी फक्रन्थे

    फूल्थे होलान।