


दमौली, १३ जेठ । प्रदेश आयुर्वेद चिकित्सालय, दमौली तनहुँद्वारा प्रदेश अस्पताल तनहुँको समन्वयमा अस्पतालका कर्मचारीहरूका लागि “तनाव व्यवस्थापन कार्यक्रम” सम्पन्न गरिएको छ।
प्रदेश अस्पताल दमौली व्यवस्थापन समितिका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरूले बिरामीको सेवासँगै आफ्नै मानसिक स्वास्थ्यप्रति पनि सचेत हुनुपर्ने धारणा व्यक्त गरे ।
गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डा. रमेश कुमार केसीले तनाव व्यवस्थापन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुका साथै सहभागीहरूलाई योग तथा ध्यान अभ्याससमेत गराएका थिए ।
प्रदेश आयुर्वेद चिकित्सालय तनहुँका प्रमुख डा. नारायण श्रेष्ठले वर्तमान समयमा तनाव व्यवस्थापन अत्यन्त आवश्यक विषय भएको उल्लेख गर्दै स्वास्थ्यकर्मीहरू मानसिक रूपमा स्वस्थ रहनु सेवा प्रवाहका लागि महत्वपूर्ण रहेको बताए ।
कार्यक्रमको सञ्चालन प्रदेश आयुर्वेद चिकित्सालयका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईंले गरेका थिए भने स्वागत मन्तव्य प्रदेश अस्पताल तनहुँका अस्पताल व्यवस्थापक शिशिर पोखरेलले गरेका थिए ।