ऑखा शिविरमा ८९ जना लाभान्वित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    ऑखा शिविरमा ८९ जना लाभान्वित

    खबरपुञ्ज संवाददाता

    ८ भाद्र २०८१, आईतवार

    दमौली । लियो क्लव अफ दुलेगौडा खैरेनी सिटी र लायन्स क्लव अफ दुलेगौडा खैरेनी सिटीको आयोजनामा शनिबार आयोजित ऑखा शिविरबाट ८९ जना लाभान्वित भएका छन् ।

    जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा सञ्चालित नियमित शिविरमा ८९ जनाको ऑखा परीक्षण गरिएको हो।

    विगत १० वर्षदेखि लायन्स क्लब अफ दुलेगौंडा खैरेनी सिटी र लियो क्लब अफ दुलेगौँडा खैरेनी सिटीले आँखा शिविर सञ्चालन गर्दै आइरहेको लियो क्लवका अध्यक्ष विवेक वाग्लेले जानकारी दिए । यो शिविर हरेक महिनाको ८ गते हुने गरेको छ ।