आँबुखैरेनीमा ट्रक र स्कूटर ठोक्किदा गोरखाका लक्ष्मण घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा ट्रक र स्कूटर ठोक्किदा गोरखाका लक्ष्मण घाइते

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०८१, बुधबार

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ चिसापानीस्थित पृथ्वीराजमार्गमा बुधबार बिहान ट्रक र स्कूटर ठोक्किदा स्कूटर चालक घाइते भएका छन् । घाइने हुनेमा गोरखाको गोरखा नगरपालिका–१२ बस्ने २५ वर्षीय लक्ष्मण सुनार रहेको प्रहरीले जनाएको छ ।

    डुम्रे तर्फबाट आँबुखैरेनी जाँदै गरेको ग १९ प ७४५९ नम्बर स्कुटर र विपरित दिशाबाट आउँदै गरेको ग १ क २१४१ नम्बरको मिनिट्रक एक आपसमा ठक्कर खाँदा स्कूटर चालक घाइते भएका हुन् । उनको बायाँ खुट्टामा चोट लागेको र आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ । मिनिट्रक चालक प्रहरी नियन्त्रणमा छन् ।

    तस्बिर : प्रशन्न अधिकारी