पलेशालाई ६५ लाख पुरस्कारसहित सम्मान गर्ने प्रधानमन्त्रीको घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पलेशालाई ६५ लाख पुरस्कारसहित सम्मान गर्ने प्रधानमन्त्रीको घोषणा

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०८१, बुधबार

    काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्द्धनलाई ६५ लाख पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेका छन् ।

    बुधबार सामाजिक सञ्जालमा पलेशासँग भएको भेटसहितको तस्वीर सार्वजनिक गर्दै प्रधानमन्त्रीले कानुनमा व्यवस्था भएअनुसारको पुरस्कार राशिसहित सम्मान गर्ने बताएका हुन् । प्रधानमन्त्रीले यो पुरस्कारमा करसमेत छुट गर्ने जनाएका छन् ।