पाण्डेलाई मरणोपरान्त टुरिजम लाइफटाइम अचिभमेन्ट अवार्ड र उत्कृष्ट शिक्षक पुरस्कार-२०८१ वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पाण्डेलाई मरणोपरान्त टुरिजम लाइफटाइम अचिभमेन्ट अवार्ड र उत्कृष्ट शिक्षक पुरस्कार-२०८१ वितरण

    खबरपुञ्ज संवाददाता

    १९ भाद्र २०८१, बिहीबार

    काठमाडौँ । पर्यटन व्यवसायी स्वर्गीय श्यामबहादुर पाण्डेलाई मरणोपरान्त पिपि प्रसाई टुरिजम लाइफटाइम अचिभमेन्ट अवार्ड, २०२४ प्रदान गरिएको छ । काठमाडौंँमा आयोजित कार्यक्रममा सो अवार्ड श्यामबहादुरका छोरा प्रवीण पान्डेले ग्रहण गरे ।

    पी. पी. प्रसाई फाउण्डेसनले स्थापना गरेको उक्त अवार्ड बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले उक्त पुरस्कार प्रदान गरिन् । होटल संघ नेपालका पूर्वअध्यक्ष तथा सांग्रिला होटलका संस्थापक पाण्डे नेपाली पर्यटन क्षेत्रका अग्रणी व्यक्तित्व थिए ।

    फाउण्डेसनले प्रत्येक वर्ष प्रत्येक प्रदेशका उत्कृष्ट शिक्षकलाई प्रदान गर्दै आएको ‘उत्कृष्ट शिक्षक पुरस्कार, २०८१’ विभिन्न शिक्षकलाई प्रदान गरेको छ । जसमा कोशी प्रदेशबाट, श्री फिक्कल माध्यमिक विद्यालयका मातृकाप्रसाद दाहाल, मधेस प्रदेशबाट श्री जनता माध्यमिक विद्यालय, सिराहाका रामकृपाल महतो, बागमती प्रदेशबाट श्री महेन्द्रग्राम माध्यमिक विद्यालयका अम्बिका धिताललाई प्रदान गरिएको फाउण्डेसनले जनाएको छ ।

    साथै गण्डकी प्रदेशबाट माछापुच्छ्रे माध्यमिक विद्यालयका सन्तोष आचार्य, लुम्बिनी प्रदेशबाट श्री कालिका मनविज्ञान माध्यमिक विद्यालय, बुटवलका युवराज कंडेल, कर्णाली प्रदेशबाट श्री अमरज्योति माध्यामिक विद्यालय, सुर्खेतका अशोक कुमार राई र सुदुरपश्चिम प्रदेशबाट श्री सरस्वति माध्यमिक विद्यालयकी चन्द्रकला दवाडी प्रदान गरिएको छ । उनीहरुलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

    साथै सम्मानित शिक्षकले अध्यापन गराउने सबै विद्यालयलाई १० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री प्रदान  गरिएको छ ।यसैगरी शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएवापत एक लाख रुपैयाँ राशीको पुरस्कार श्री राष्ट्रिय आधारभूत विद्यालयलाई प्रोत्साहान पुरस्कार प्रदान गरिएको छ ।

    देशभरबाट आवेदन माग गरी शिक्षकको पढाउने शैली, बाल मनोविज्ञान, विद्यार्थीको आवश्यकता प्रति उनीहरुको बुझाई, शिक्षाप्रति उनीहरुको प्रतिबद्धता, सिर्जनशीलता, अभिभावक तथा समाजसँगको उनीहरुको सम्बन्ध र स्थानीय अभिभावक तथा समुदायको सिफारिसलगायतका आधारमा शिक्षा विशेषज्ञ, पूर्वशिक्षक, पूर्वप्रशासक, शिक्षण क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधि तथा लब्ध प्रतिष्ठित व्यक्तिहरुको निर्णायक समितिले पुरस्कार प्रदानका लागि सिफारिस गरिएको फाउण्डेसनले जनाएको छ ।

    फाउण्डेसनले हरेक बर्ष नेपालको शिक्षा तथा पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यत्तित्वलाई राष्ट्रिय शिक्षक पुरस्कार तथा टुरिजम लाइफटाइम अवार्डले सम्मानित गर्दै आएको छ ।विद्यार्थीलाई शिक्षाको ज्योति प्रदान गर्ने शिक्षकहरुको उचित सम्मान र हौसला प्रदान गर्न र शिक्षण पेशामा आउन चाहनेलाई प्रोत्साहन गर्न स्वर्गीव पर्यटन व्यवसायी प्रजापति प्रसाईको सम्मानमा यो पुरस्कार स्थापना गरिएको हो ।

    यसलाई आगामी दिनमा अझ व्यापक र समावेशी बनाउँदै लैजाने पी. पी. प्रसाई फाउण्डेसनको योजना छ ।शिक्षा सम्बन्धि पुरस्कारको निर्णायकमा घनन्जय अधिकारी, टिका भट्टराई, रोशना सुब्बा, रिजुता महर्जन रहेका थिए । लाइफटाइम अचिभमेन्ट अवार्डको छनौट पर्यटन सम्बन्धि सँस्थामा आवद्ध ब्यक्तिको समूहले गरेको सन्चारकर्मी एवं फाउन्डेसनका सचिब दिलभुषण पठकले बताए ।नेपालको पर्यटन क्षेत्रका ‘पायोनियर’ ब्याक्तित्व एवं नटराज टुर एण्ड ट्राभल्सका सँस्थापक प्रसाईंको पर्यटन प्रवर्द्धन र ग्रामीण क्षेत्रसम्म शिक्षाको बिकासको सपनालाई आत्मसात गर्दै २०६७ साल फागुन ६ गते पी. पी. प्रसाई फाउण्डेसनको गठन गरिएको हो । प्रसाईंको विसं २०५६ भदौ २० मा हवाई दुर्घटनामा परी निधन भएको थियो ।