अर्जेन्टिनाले चिलीलाई ३-० ले हरायो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    अर्जेन्टिनाले चिलीलाई ३-० ले हरायो

    खबरपुञ्ज संवाददाता

    २० भाद्र २०८१, शुक्रबार

    काठमाडौ । लियोनल मेसी सहभागी नभएको खेलमा अर्जेन्टिनाले चिलीलाई पराजित गरेको छ।विश्वकप २०२६ को दक्षिण अमेरिका छनोट खेल अन्तर्गत शुक्रबार अर्जेन्टिनाले चिलीलाई ३-० गोलले पराजित गरेको हो।तीन वटै गोल दोस्रो हाफमा भएको हो।४८ औं मिनेटमा एलिस्टरले अर्जेन्टिनालाई सुरूवाती अग्रता दिलाए।

    त्यसपपछि ८४ मिनेटमा जुलियन अल्भारेजले अग्रता दोब्बर पारे।

    पाउलो डिबालाले अतिरिक्त समयको पहिलो मिनेटमा गरेको गोल निर्णायक बनेपछि अर्जेन्टिना ३-० गोलले विजयी भएको हो।

    दक्षिण अमेरिका छनोटको खेलको तालिकामा अर्जेन्टिना शीर्ष स्थानमा छ। उसले ७ खेल खेल्दा ६ खेल जितेको छ भने एउटा मात्रै खेल हारेको छ।

    दोस्रो स्थानमा उरूग्वे र तेस्रोमा कोलम्बिया छ।