हट्यो टिकटकको प्रतिबन्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    हट्यो टिकटकको प्रतिबन्ध

    खबरपुञ्ज संवाददाता

    २० भाद्र २०८१, शुक्रबार

    काठमाडौ । नेपालमा टिकटक माथिको प्रतिबन्ध हटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले विद्युतीय सामाजिक सञ्जाल टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउन नेपालका सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन दिएको हो ।

    सरकारले सामाजिक सद्‍भाव खल्बल्याएको लगायत कारण देखाउँदै २०८० कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । विश्वभर लोकप्रिय सो एप बनाएको चीनले नेपाललाई प्रतिबन्ध हटाउन तारन्तार आग्रह गरिरहेको थियो ।

    प्रयोगकर्ता समेतको दबाब खेपिरहेको सरकारले अन्ततः गएको भदौ ६ गते मन्त्रिपरिषद्‌ बैठकबाट टिकटक प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेको थियो ।मन्त्रिपरिषद्‌को सो निर्णय कार्यान्वयन गर्नेगरी दूरसञ्‍चार नियामक प्राधिकरणले आज (शुक्रबार) अत्यन्त जरुरी सूचना जारी गर्दै इन्टरनेट र मोबाइल सेवा प्रदायकहरूलाई टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको हो ।