गृह सचिवमा दवाडी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गृह सचिवमा दवाडी

    खबरपुञ्ज संवाददाता

    २१ भाद्र २०८१, शनिबार

    काठमाडौं । गृह सचिवको जिम्मेवारी गोकर्णमणि दवाडीले पाएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उनलाई गृह मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो ।

    भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयबाट राष्ट्रिय तथ्याङ्क कार्यालयमा साउन १७ मा सरुवा भएका दवाडी छोटो समयमै गृह मन्त्रालयमा सरुवा भएका छन् ।

    तत्कालीन गृह सचिव एक नारायण अर्याल मुख्य सचिवमा बढुवा भएपछि गृह सचिव पद रिक्त थियो ।वि.सं. २०७९ मा राष्ट्रपति, उपराष्ट्रपति, प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचन सम्पन्न गराउन सफल भएका दवाडी त्यतिबेला निर्वाचन आयोगको सचिव थिए ।