गण्डकी र कर्णालीमा बिहानैदेखि पानी पर्दैः कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गण्डकी र कर्णालीमा बिहानैदेखि पानी पर्दैः कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०८१, आईतवार

    काठमाडौ । आज (आइतवार) बिहान गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    यस्तै दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा मधेश, बागमती र गण्डकीका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    ‘हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ,’ महाशाखाले आज बिहान जारी गरेको सूचनामा भनिएको छ, ‘दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश, बागमती र गण्डकीका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।’

    यसैगरी राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । ‘कोशीका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थान र लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,’ सूचनामा उल्लेख छ ।  

    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको पाइएको छ ।