जुगेडीमा ट्रक र स्कुटर ठोक्किदा तनहुँका थापाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    जुगेडीमा ट्रक र स्कुटर ठोक्किदा तनहुँका थापाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०८१, आईतवार

    दमौली । मुग्लिन-नारायणगढ सडक खण्डको जुगेडीमा ट्रक र स्कुटर ठोक्किदा स्कुटर चालकको मृत्यु भएको छ ।

    नारायणगढबाट मुग्लिङ तर्फ आउँदै गरेको ना ८ ख ५९६१ नम्बरको। ट्रक र विपरित दिशाबाट जादै गरेको बागमती प्रदेश ०३ ००२ प ६१७८ नम्बरको स्कुटर शनिबार राति ९ बजे ठक्कर खादा स्कुटर चालक तनहुँ घॉसीकुवाका ३६ वर्षीय कृष्णबहादुर थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । घाइते उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।