सांसद श्रेष्ठको पहलमा इलाका प्रशासन कार्यालय सिमराले पायो जग्गाको भोगाधिकार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सांसद श्रेष्ठको पहलमा इलाका प्रशासन कार्यालय सिमराले पायो जग्गाको भोगाधिकार

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०८१, आईतवार

    काठमाडौं । बारा–४ का प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान) को पहलमा इलाका प्रशासन कार्यालय सिमराले जग्गाको भोगाधिकार प्राप्त गरेको छ ।

    श्रेष्ठको पहलमा भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत भदौ १९ गते मन्त्रीस्तरीय निर्णय गर्दै इलाका प्रहरी कार्यालय सिमराको नाममा रहेको जग्गा इलाका प्रशासन कार्यालयलाई भोगाधिकार दिने निर्णय गरेको थियो ।

    प्रशासन कार्यालयले सिमरामा २०४६ सालदेखि भाडाको घरबाट सेवा प्रवाह दिँदै आएको थियो । ‘मन्त्रालयको यो निर्णयले सिमराबासीको वर्षौंदेखिको सपना पूरा भएको छ,’ श्रेष्ठले भने, ‘त्यो सपना पुरा गराउनका लागि साथ दिनुहुने निवर्तमान प्रधानमन्त्री, निवर्तमान उपप्रधान तथा गृहमन्त्री ज्यूहरु, तत्कालीन मन्त्रालयका सचिव, सहसचिव, राष्ट्रसेवक कर्मचारी, जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, चौबिसै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य ज्यूहरु र सम्पूर्ण राजनीतिक दलका नेता कार्यकर्ता तथा साथ दिने सञ्चारकर्मीहरु धन्यवादको पात्र हुनुहुन्छ ।’

    यो कार्यको सुरुवात गर्नका लागि जितपुर सिमराको एयरपोर्ट रोडका व्यवसायीहरु रामचन्द्र लामा, शिव पौडेलको समेत योगदान रहेको श्रेष्ठले बताए । ‘अब इलाका प्रशासन कार्यालयले जग्गा तथा त्यसमाथि बनेको संरचनाको भोगाधिकार प्राप्त गरेको छ,’ उनले भने, ‘मन्त्रालयले गरेको निर्णयको पत्र हामीले मालपोत कार्यालयलाई बुझाएका छौँ अब मालपोतले प्रमाणीकरण गरिसकेपछि इलाका प्रशासन कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह गर्नेछ ।’

    यो कार्यले जितपुर सिमराबासीलाई धेरै सहयोग गर्ने श्रेष्ठको विश्वास छ । ‘यो प्रक्रिया लामो भएतापनि सरकारले सिमराबासीको आवाज सुनेर निर्णय गरेको छ,’ उनले भने ।