राष्ट्रपति समक्ष लोकसेवा आयोगको प्रतिवेदन पेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रपति समक्ष लोकसेवा आयोगको प्रतिवेदन पेश

    खबरपुञ्ज संवाददाता

    ३ आश्विन २०८१, शुक्रबार

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

    राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आर्थिक वर्ष २०८०÷०८१ को आयोगको वार्षिक कामहरूको प्रतिवेदन पेश गरेका हुन्।

    सो अवसरमा राष्ट्रपति पौडेलले निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, अन्य संघीय सरकारी सेवा र संगठित संस्थाको पदमासमेत पदपूर्तिको लागि जिम्मेवारी तोकेअनुसार कार्य सम्पादन गर्नु सराहनीय छ भने । उनले नेपाली जनताको आस्था र विश्वासको धरोहरको रुपमा रहेको आयोगले अझै व्यवस्थित, सुदृढ र प्रभावकारी ढंगले कार्य सम्पादन गर्ने विश्वास व्यक्त गरे ।