झ्याप्ले खोलामा अर्को बस पनि पुरिएको फेला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    झ्याप्ले खोलामा अर्को बस पनि पुरिएको फेला

    खबरपुञ्ज संवाददाता

    १२ आश्विन २०८१, आईतवार

    काठमाडौ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्ले खोलामा अर्को बस पनि पुरिएको भेटिएको छ।जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त सूचना अधिकारी इन्स्पेक्टर प्रल्हाद सिलवालकाअनुसार आइतबार बिहान थप एउटा बस पुरिएको आशंका गरिएको छ।’बस पुरिएको जस्तो देखिएको छ। जिल्ला प्रहरी कार्यालयबाट एसपीकै नेतृत्वमा प्रहरीहरू त्यहाँ पुग्दै हुनुहुन्छ,’ उनले भने।त्यहाँ अरू पनि गाडीहरू पुरिएको हुनसक्ने उनले बताए। 

    गाडीहरूको लाइन हुने ठाउँ हो। पहिरो जाँदा कति गाडी थिए। थप खोजी हुँदैछ,’ प्रहरी निरीक्षक सिलवालले भने।  

    यसैबीच गोरखा दरौंदी यातायात सेवा कम्पनीको बस सम्पर्कविहीन भएको छ।