भानु नगरपालिकाले मनायो स्थापना दिवस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    भानु नगरपालिकाले मनायो स्थापना दिवस

    खबरपुञ्ज संवाददाता

    १४ आश्विन २०८१, मंगलवार

    दमाैली । तनहुँको भानु नगरपालिकाले दशौैं स्थापना दिवश मनाएको छ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको नामबाट नामाकरण गरिएको भानु नगरपालिकाको ऐतिहासिक दिनको सम्झनामा स्थापना दिवस मनाएको हो ।

    भानु नगरपालिकाको कार्यालय फुस्रेटारमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले देशमा सङ्घीय संरचना र गणतन्त्रको प्राप्ति भएतापनि सङ्घीय सरकारले स्थानीय सरकारलाई अधिकार दिन कन्जुस्याइ गरेको आरोप लगाए।

    भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइराला, राइनास नगरपालिकाका प्रमुख खड्गबहादुर गुरुङ, ऋषिङ गाउँपालिकाकी उपाध्यक्ष गिनुमाया थापा, भानु नगरपालिकाका निवर्तमान प्रमुख उदयराज गौली, निवर्तमान उपप्रमुख आशा थापा लगायतले स्थानीय सरकारले जनताको भावना अनुसार काम गर्नुपर्नेमा जोड दिए।

    सो अवरमा भानु नगरपालिका निवासी दुई खेलाडीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा १९ औं एसियाली कबड्डी खेलकूद प्रतियोगितामा कास्य पदक विजेता मानमती विष्ट र सातौ एसिया कप खुल्ला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिताको ४१ केजी तौल समूहमा उत्कृष्ट फाइटर बन्न सफल रितिका दर्नाल रहेका छन् ।

    नगरपालिकाले स्थापना दिवसका अवसरमा भानु नगरपालिका–१ भन्सारमा वृक्षारोपण समेत गरेको छ । सो क्रममा दुई सय रुद्राक्षका बिरुवा रोपिएको नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले जानकारी दिए।

    यस्तै नेपाल रेडक्रस सोसाइटी तनहुँको प्राविधिक सहयोगमा भएको रक्तदानमा २० जनाले रक्तदान गरेका थिए ।