राष्ट्रपति पाैडेलले बाढीपहिरो पीडितका लागि एक महिनाकाे तलब सुविधा उपलब्ध गराउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रपति पाैडेलले बाढीपहिरो पीडितका लागि एक महिनाकाे तलब सुविधा उपलब्ध गराउने

    खबरपुञ्ज संवाददाता

    १५ आश्विन २०८१, बुधबार

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेलले बाढीपहिरो पीडितलाई राहतका लागि स्थापना भएको दैवी प्रकोप राहत काेषमा एक महिनाकाे तलब सुविधा उपलब्ध गराएका छन् ।यसैगरी, उनका विज्ञ सल्लाहकारहरूले एक हप्ताको तलब सुविधा प्रदान गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

    बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४ अनुसार राष्ट्रपतिको मासिक पारिश्रमिक एक लाख ५० हजार ४५० रुपैयाँ हुन्छ ।असोज १० देखि १२ गतेसम्म आएको अविरल वर्षापछि निम्तिएको विपद्ले ठूलो जनधनको क्षति भएको छ ।