काठमाडौमा रहेका ऑबुखैरेनीवासीलाई घर फर्किन यातायातको व्यवस्था
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    काठमाडौमा रहेका ऑबुखैरेनीवासीलाई घर फर्किन यातायातको व्यवस्था

    खबरपुञ्ज संवाददाता

    १६ आश्विन २०८१, बिहीबार

    दमौली । काठमाडौमा रहेका ऑबुखैरेनीका स्थानीयलाई घर फर्किन यातायातको व्यवस्था मिलाइने भएको छ । ऑबुखैरेनी गाउँपालिकाको व्यवस्थापन र ऑबुखैरेनी काठमाडौ समाजले काठमाडौमा रहेका विद्यार्थी, उपचारमा रहेरा बिरामी, विभिन्न पेशा व्यवसायमा रहेका सर्वसाधारणलाई यातायातको व्यवस्था मिलाएको हो ।

    चाड पर्व नजिकिदै गरेको अवस्थामा आइपरेको विपद्ले जनजीवनमा गम्भीर असर गरेको, राजमार्गहरुको यात्रा जोखिमपूर्ण रहेको र यातायातका साधनमा सिट नमिल्ने, चर्को भाडा लिने गरेकाले गाउँपालिकाको व्यवस्थापनमा यातायातको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।