काठमाडौँबाट लमजुङ आउँदै गरेको गाडी दुर्घटनाग्रस्त, चालकको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    काठमाडौँबाट लमजुङ आउँदै गरेको गाडी दुर्घटनाग्रस्त, चालकको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १८ आश्विन २०८१, शनिबार

    पोखरा । काठमाडौँबाट लमजुङ आउँदै गरेको हायलक्स गाडी नुवाकोटमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सो दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् ।

    दुर्घटनाग्रस्त गाडी हाइड्रोपावर कम्पनीको भएको बताइएको छ । बा१४च ३८५५ नम्बरको गाडी आज बिहान टोखा-छहरे सडक खण्डबाट करिब पाँच सय मिटर तल खसेको बताइएको छ ।

    घाइतेलाई उद्धार गरी अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ । गाडीमा ६ जना यात्रु रहेको बताइन्छ । थप विवरण आउन बाँकी छ ।