दमाैली । तनहुँको व्यास नगरपालिका–१२ स्थित छाब्दीमा गत असोज ११ गतेको पहिरोले पोल भाँचिएपछि सडकमा लत्रिएको तार व्यवस्थापन नहुँदा दुर्घटनाको जोखिम बढेको छ ।
बसपार्क नजिक पोल भाँचिएर इन्टरनेट र केबलको तार सडकमै लत्रिएको दुई साता पुग्न लाग्दा पनि व्यवस्थापन नहुँदा दुर्घटनाको जोखिम बढेको हो ।
विद्युत, इन्टरनेट र केबलका तारहरु रहेको उक्त पोल भाचिएको भोलिपल्टै विद्युत प्राधिकरणले नयाँ पोल जडान गरेर विद्युतको तार व्यवस्थापन गरेपनि इन्टरनेट र केबलका तारहरु भने अझै सडकमै लत्रिएको अवस्थामा रहेको स्थानीय युवा अविनास पन्थले जानकारी दिए।
उनले भने, “छाब्दीवाराही प्रसिद्ध धार्मिकस्थल हो । यहाँ दैनिक सयौ भक्तजन आउनुहुन्छ । सडकमै तार जथाभावी छ । कतिबेला दुर्घटना हुने हो भन्न सकिने अवस्था छैन । यत्तिका दिनसम्म पनि तार व्यवस्थित नगरिनु गैरजिम्मेवारीपन हो ।”