रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’

    खबरपुञ्ज संवाददाता

    १ कार्तिक २०८१, शुक्रबार

    काठमाडौँ । नेकपा एमाले केन्द्रीय सदस्य विष्णु रिजालले सरकार मरेको नभई सक्रिय भएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि  प्रतिक्रिया दिँदै उनले सरकार सक्रिय भएको बताएका हुन् । 

    कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि लामिछानेले सरकार मरेर आफूलाई जुठो परेको बताएका थिए । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै लामिछानेले भनेका थिए, ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’ त्यसको काउन्टर जवाफ दिँदै रिजालले सरकार मरेको नभई सक्रिय भएको बताएका हुन् ।