अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले जित्यो टी-२० सिरिजको उपाधि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले जित्यो टी-२० सिरिजको उपाधि

    खबरपुञ्ज संवाददाता

    ३ कार्तिक २०८१, आईतवार

    काठमाडौं । नेपालले एक खेलअगावै अमेरिकाविरुद्धको टी-२० सिरिजको उपाधि जितेको छ ।

    दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले टी-२० सिरिजको उपाधि जितेको हो । सुपर ओभरमा ३ रनको लक्ष्य पाएको नेपालले २ बल अगावै पूरा गर्‍यो ।

    यसअघि नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

    अमेरिकाका आन्देस गौसले सर्वाधिक ६२ रन जोडे । बलिङमा नेपालमा करण केसीले सर्वाधिक ३ विकेट लिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो ।

    नेपालका लागि कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गरे । ५४ बलको सामना गरेका उनले ९२ रन बनाएका हुन् ।