तनावग्रस्त बन्यो पोखरा, रवि समर्थक र सहकारी पीडितको बेग्लाबेग्लै प्रदर्शन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    तनावग्रस्त बन्यो पोखरा, रवि समर्थक र सहकारी पीडितको बेग्लाबेग्लै प्रदर्शन

    खबरपुञ्ज संवाददाता

    ३ कार्तिक २०८१, आईतवार

    पाेखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (आइतबार) म्याद थपका लागि अदालत लगिएको छ। शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई लगत्तै पोखरा लगिएको थियो। 

    सूर्यदर्शन सहकारीको बचत ठगी गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रविलाई पक्राउ गरेको थियो। 

    लगत्तै, रविका समर्थकहरू पोखरा पुुगेर प्रदर्शन जारी राखेका छन्। रवि निर्दोष भएको भन्दै न्याय दिनुपर्ने उनीहरूको माग छ। 

    उता, सूर्यदर्शन सहकारीका पीडितले पनि प्रदर्शन गरिरहेको छन्। यी दुवै समूहको प्रदर्शनस्थलको दूरी लगभग ५० मिटरको मात्रै छ। 

    प्रहरीले दुवैतर्फका आन्दोलनकारीहरुलाई रोकिरहेको छ।