दीपक मनाङेलाई ज्यान मुद्दामा सर्वोच्चद्वारा ५ वर्ष कैद सजाय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    दीपक मनाङेलाई ज्यान मुद्दामा सर्वोच्चद्वारा ५ वर्ष कैद सजाय

    खबरपुञ्ज संवाददाता

    १९ कार्तिक २०८१, मंगलवार

    काठमाडाै । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)लाई ज्यान मुद्दामा ५ वर्ष कैद सजाय तोक्ने उच्च अदालत पाटनको फैसलालाई सर्वोच्च अदालतले सदर गरिदिएको छ ।

    न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मंगलबार उच्च अदालतको फैसलालाई सदर गरिदिएको हो ।

    यसअघि जिल्ला अदालत काठमाडौंले मनाङेलाई २ वर्ष कैद सजाय तोकेको थियो । मनाङेले उक्त सजाय भुक्तान गरिसकेका छन् ।

    त्यसपछि उच्च अदालतले थप ३ वर्ष कैद सजाय तोकेपछि त्यसविरुद्ध उनले सर्वोच्चमा पुनरावेदन गरेका थिए ।​