एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम जित नजिक पुगेका छन्। उनको जित लगभग सुनिश्चित देखिएको छ।
अमेरिकामा राष्ट्रपति चुनिन २७० इलेक्टोरल कलेज जित्नुपर्छ। उनले अहिलेसम्म २६७ प्राप्त गरिसकेका छन्।
प्रतिस्पर्धी मानिएका सात राज्यमध्ये तीन वटामा उनले जित हासिल गरिसकेका छन् भने बाँकी चार राज्यमा पनि उनी अगाडि छन्।
रिपब्लिकन उम्मेदवार ट्रम्पले मतगणना सुरू भएदेखि नै डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसलाई पछि पार्दै आएकी थिए।
ट्रम्प अहिले पपुलर मतमा पनि अगाडि छन्। ट्रम्पले ६ करोड ८४ लाख मत पाउँदा ६ करोड ३२ लाख मत प्राप्त गरेकी छन्।
तर अमेरिकामा पपुलर मतले नभई इलेक्टोरल मत प्राप्त गर्नुपर्छ।