दमौली । नेकपा माओवादी केन्द्र देवघाटमा नयॉ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न गाउँ कमिटीको दोस्रो अधिवेशनबाट भुवनसिं गुरुङको अध्यक्षतामा नयॉ कार्य समिति चयन भएको छ।
कमिटीको उपाध्यक्षमा जयकृष्ण सुवेदी, कविराज गुरुङ, टिकाराम थापा, सचिवमा होमबहादुर भारती, सहसचिवमा दुर्गालाल गुरुङ, कोषाध्यक्षमा सुशीला नेपाल चयन भएका छन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका गण्डकी सहइन्चार्ज हरिराज अधिकारी, केन्द्रीय सदस्य हरिबहादुर चुमान, आशा कोइराला, तनहुँ अध्यक्ष ओमराज आले (मदन) लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।