दमौली । सांसद शंकर भण्डारीले भानुभक्त प्राणी उद्यानको मुआब्जा वितरण कार्य तत्काल अगाडि बढाउनुपर्ने माग गरेका छन् ।
सोमबार संसदमा विशेष समय लिएर बोल्ने क्रममा सांसद भण्डारीले सो माग राखेका हुन् । विसं २०७४ सालमा मन्त्रिपरिषद बैठकले भानु र व्यास नगरपालिकालाई समेटेर भानुभक्त प्राणी उद्यानको निर्माण कार्य अगाडि बढाउने निर्णय गरेको भएपनि पछिल्लो समय मुआब्जा वितरणमा ढिलाई हुँदा प्राणी उद्यानको निर्माण कार्य रोकिन पुगेको भन्दै सांसद भण्डारीले वनमन्त्री ऐनबहादुर शाहीको ध्यानाकर्षण गराएका थिए ।
मुआब्जा वितरण कार्य रोकिँदा स्थानीय १ सय ४२ घर परिवारले निकै समस्या भोग्नु परेको समेत सांसद भण्डारीको भनाई रहेको थियो । भानुभक्त प्राणी उद्यान सञ्चालनमा आएको खण्डमा पर्यटकीय नगर पोखराको पर्यटन प्रवद्र्धनमा समेत निकै टेवा पुग्ने सांसद भण्डारीको भनाई थियो ।
जवाफमा मन्त्री शाहीले मुआब्जा वितरणको कार्य अगाडि बढाउने विषयमा सरकारले चासो दिएको र आन्तरिक रुपमा अहिले पनि बजेट विनियोजनका लागि गृहकार्य भईरहेको र आगामी बर्षको बजेट समेटिने बताए।