काठमाडौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जामन्त्री दीपक खड्काले स्पष्टीकरणमा कसुर यकिन नगरी गोस्वारा आरोपमा कारबाही गर्न नमिल्ने बताएका छन् ।
मन्त्री खड्काले मंगलबार सोधेको दुईबुँदे स्पष्टीकरणको जवाफ बिहीबार बुझाउँदै घिसिङले आफूमाथि लगाइएको सबै आरोप मनोगत रहेकोसमेत बताएका छन् ।
‘नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवा सर्त तथा सुविधासम्बन्धी विनियमावली, २०६१ को विनियम २२ मा उल्लिखित अवस्थामध्ये कुन आरोपमा कारबाही गर्न लागिएको हो ? मन्त्रालयबाट कसुर नै यकिन नभएको स्पष्टीकरणबाटै प्रकट भएको छ, घिसिङले पठाएको पत्रमा भनिएको छ, ‘स्पष्टीकरणमा कसुर यकिन नगरी गोस्वारा आरोपमा कारबाही गर्न मिल्दैन।’