आँबुखैरेनीबाट लागूऔषध सहित दुई जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीबाट लागूऔषध सहित दुई जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    २३ फाल्गुन २०८१, शनिबार

    दमाैली । आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय २९ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ बस्ने २१ वर्षीय मदन गुरूङ र २१ वर्षीय प्रज्वल गुरूङ रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै गरेको प्र.३ ०६-००१ प ९९५७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।