पोखरा । विभिन्न कार्यक्रममा सरिक हुन पोखरा आएका पूर्वराजा ज्ञानेन्द्र शाह आज काठामाडौँ फर्किँदै छन्। दिउँसो साढे दुई बजे उनी चार्टर विमानमार्फत काठमाडौँ फर्कन लागेका हुन्।
नागरिक स्वागत मूल समारोह समिति पश्चिमाञ्चल पोखराले शाहलाई पोखरा ल्याएको थियो। पोखरामा रहँदा उनले राजा वीरेन्द्रको शालिक अनावरण गरे।
यस्तै स्याङजामा रहेको आलमदेवी मन्दिर दर्शन गर्न पनि पुगेका थिए। जुन शाहवंशीय कल मन्दिरको रुपमा परिचित छ।
त्यस्तै, पोखराको विन्ध्यावासिनी मन्दिर, केदारेश्वर महादेव मन्दिरको दर्शनमा शाह पुगेका थिए।बागलुङको कालिका मन्दिरको पनि दर्शनमा उनी पुगेका थिए।
माघ २७ गते उनी परिवारका सदस्यसहित पोखरा आएका थिए।