द क्लिफमा ‘कमाण्डो’ तालिमअन्तर्गत नेपाल प्रहरीका प्रशिक्षार्थी बञ्जी जम्प गर्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    द क्लिफमा ‘कमाण्डो’ तालिमअन्तर्गत नेपाल प्रहरीका प्रशिक्षार्थी बञ्जी जम्प गर्दै

    खबरपुञ्ज संवाददाता

    २४ फाल्गुन २०८१, आईतवार

    कुष्मा । एकै स्थानमा विभिन्न एड्भेन्चर गतिविधि सञ्चालन गरेर पर्वत-बाग्लुङ क्षेत्रलाई सहासिक पर्यटकीय गन्तव्यका रुपमा चिनाउन सफल द क्लिफ आन्तरिक तथा बाह्य पर्यटक मात्र नभइ सेना तथा प्रहरीको तालिम केन्द्र समेत बन्न सफल भएको छ । 

    आइतबार नेपाल प्रहरिको ‘प्रहरी विशेष कला तथा कारबाही (कमाण्डो) तालिमअन्तर्गत दशौं समूहमा तालिमरत प्रहरीहरुले कुश्मा स्थित द क्लिफमा बञ्जी जम्प  गरेका छन् ।

    तालिम संयोजक प्रहरी नायब उपरीक्षक गणेशबहादुर बरालको संयोजनमा क्लिफमा प्रहरीहरूलाई बञ्जी जम्प गराइएको महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर जबराले जानकारी दिए । 

    ”भविष्यमा आइपर्ने जस्तोसुकै अवस्थाका लागि कमाण्डोहरुलाई तयार गर्न साहसिक गतिविधिमा सम्लग्न गराइएको हो”, प्रहरी वरिष्ठ उपरीक्षक जबरा थप्छन्, “नेपालमा मात्र नभइ विदेशमा समेत सेवा बिस्तार गरिरहेको द क्लिफको प्रोफेसनल टिमका कारण केही वर्षदेखि निरन्तर द क्लिफसँग सहकार्य गर्दै आएका छौँ ।”

    तालिमअन्तर्गत १ सय ६ जना प्रशिक्षार्थी प्रहरीले बन्जी जम्प गरेका छन् । नेपाल प्रहरीले तालिमरत प्रहरीहरुलाई विभिन्न साहसिक खेलहरूमा सहभागी गराउँदै आएको छ । 

    तालिमअन्तर्गत नै सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीकै विभिन्न समूहले यसअघि फरक -फरक समयमा द क्लिफमै बन्जी गरिसकेका छन् ।  क्लिफका अध्यक्ष राजु कार्कीले नेपाल प्रहरीको तालिमको हिस्सा बन्न पाउँदा खुशी भएको बताए ।

    राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बागलुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्वीङ र विश्वकै दोस्रो अग्लो बञ्जी जम्प सञ्चालन हुँदै आएको छ।

    बन्जी र स्वीङसँगै क्लिफमा रहेको रिसोर्टमा लग्जरी कटेज रुममा आवास सुविधा पनि छ। इन्फिनिटी स्विमिङ पुल र कन्फ्रेन्स हल निर्माणाधीन छन्।

    क्लिफमा विश्वकै अग्लो व्यावसायिक स्काइ साइक्लिङ, मेगा ट्रोल, स्काई क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ चियरलगायत गतिविधि सञ्चालनमा छन्।