पूर्वराजा काठमाडौमा, समर्थकद्वारा स्वागत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पूर्वराजा काठमाडौमा, समर्थकद्वारा स्वागत

    खबरपुञ्ज संवाददाता

    २४ फाल्गुन २०८१, आईतवार

    काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पोखराबाट काठमाडौं आउँदा राप्रपा र राप्रपा नेपालसहितका नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका छन्।

    राष्ट्रिय झन्डा, पूर्वराजा शाहको तस्बिरसहित उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाट पूर्वराजालाई स्वागत गरेका हुन्। 

    विमानस्थलको मूल गेटबाहिर निस्किएपछि पूर्वराजा शाहले ‍त्यहाँ उपस्थित भएकाहरूलाई अभिवादन गरेका थिए।

    स्वागतका लागि पुगेकाहरूले भने प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाराबाजी पनि गरेका थिए।

    पूर्वराजा शाहले प्रजातन्त्र दिवसका अवसरमा वक्तव्य जारी गर्दै जनताको साथ खोजेका थिए। राप्रपालगायत दलहरूले पूर्वराजाको वक्तव्यलाई समर्थन र स्वागत गरेका थिए।